रसुवामा ठूलो बाढी, टिम्बुरे भन्सारका गाडीमा क्षति पुगेको आशंका
reportersnepal.com · Wed Aug 26 04:11:39 GMT 2026

काठमाडौं, भदौ १० । गत वर्ष असारमा लेन्दे खोलाको वितन्डापछिको बाढीले तहसनहस बनाएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षति विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।
गत असार २३ गते नेपाल–चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोसी खोलामा आएको बाढीपहिरोका कैयौंको मृत्यु र अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो। लेहेन्दे खाेला उर्लिएपछि भाेटकाेसीमाआएकाे बाढीले १९ जनाकाे मृत्यु भएकाे थियाे। बाढीका कारण नेपाल चीन जाेड्ने मितेरी पुल बगाउँदा रसुवागढी नाकासँगकाे व्यापार अझ पनि सहज हुन सकेकाे छैन।
Read full story at source (reportersnepal.com)