के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
arthasansar.com · Wed Aug 26 04:33:51 GMT 2026

के.वि.एल.सेक्यूरिटिज लिमिटेडले असोज २ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समतिको बैठकले असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा कुमारी बैंक लिमिटेडको प्रमुख कार्यालय, टंगाल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रपमा सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८२/८३ को वासलात, नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत उपर छलफल गरी पारित गर्ने, आ.व.२०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कर सहित चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
Read full story at source (arthasansar.com)