भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति
reportersnepal.com · Wed Aug 26 04:34:07 GMT 2026

काठमाडौं, भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएको छ। तिब्बतबाट आएको बाढीले नेपाली क्षेत्रमा निरन्तर प्रभाव पारिरहेको छ। बहाब उच्च रहेकाले चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना गरेको छ।
रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न हुन प्रशासनले अनुरोध गरेको हो। स्थानीयका अनुसार बाढी हेर्दा हिमपात फुटेको आशंका छ। यद्यपि पुष्टि भने भएको छैन।
Read full story at source (reportersnepal.com)