देशैभर मेघगर्जनसहित वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको अलर्ट
hamrakura.com · Sun Jul 12 00:00:00 GMT 2026
काठमाडौँ । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ। यसका साथै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
Read full story at source (hamrakura.com)