‘रेडबुल १३ औं कृति अवाड्र्स’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
ajakoartha.com · Wed Aug 26 04:47:00 GMT 2026

काठमाडौं– नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ र यस पटको कार्यक्रम ‘रेडबुल ईनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवाड्र्स २०८३ नामाकरण गरिएको छ । त्यसं गरी यस बर्षको आयोजनालाई नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एशोसियसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रुपमा सहयोगी भएका छने भने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको बिज्ञापन बोर्डले ईन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन् । नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो ।
‘कृति अवाड्र्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ । १३ औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको छ ।
Read full story at source (ajakoartha.com)