भोटेकोशीमा ठुलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Wed Aug 26 04:46:17 GMT 2026

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको छ। बाढीका कारण त्रिशूली नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लाका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
Read full story at source (gorkhapatraonline.com)