किङ्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोट्र्स पार्क ब्लूलाई
makalukhabar.com · Wed Aug 26 04:47:48 GMT 2026
काठमाडौँ। किङ्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिता सिजन–२ को उपाधि रोयल स्पोट्र्स पार्क ब्लूले जितेको छ। रोयल स्पोट्र्स पार्कमा सम्पन्न फाइनलमा ब्याक यार्ड बीलाई ७६ रनले पराजित गर्दै रोयल स्पोट्र्स पार्क ब्लू च्याम्पियन बनेको हो।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयल स्पोट्र्स पार्क ब्लूले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो। टोलीका लागि नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रनको योगदान दिए। ब्याक यार्ड बीका क्रिशले एक विकेट लिएर १९ रन खर्चिए।
Read full story at source (makalukhabar.com)