भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते, उपचार जारी
annapurnapost.com · Wed Aug 26 04:46:07 GMT 2026

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीमा भालुको आक्रमणबाट एक जना स्थानीय वृद्ध घाइते भएका छन्। घाइते वृद्धको अस्पतालमा उपचार भइरहेको छ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका–२, राल्पडाँडामा मंगलबार भालुको आक्रमणबाट स्थानीय ६१ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएको वडाध्यक्ष कुमार तामाङले जानकारी दिए। उनका अनुसार बारीमा काम गर्न जाने क्रममा तामाङमाथि भालुले एक्कासि आक्रमण गरेको हो।
Read full story at source (annapurnapost.com)