गृहमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक, प्रधानमन्त्रीले बोलाए विपद् परिषद्को आकस्मिक बैठक
lokaantar.com

भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेसँगै रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा गम्भीर क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी तथा पानीको बहाब उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन भनेको छ।
Read full story at source (lokaantar.com)