सीमामा आवतजावत सहज बनाइने
gorkhapatraonline.com · Wed Aug 26 05:00:35 GMT 2026

धनगढी, भदौ १० गते । सशस्त्र प्रहरी बल प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले मङ्गलबार त्रिनगर–गौरीफन्टा नाकाको अनुगमन गर्नुभएको छ ।
सीमा सुरक्षा र आवतजावतको अवस्थाबारे बुझ्न उहाँले स्थलगत रूपमा नाकाको अनुगमन गर्नुभएको हो । अनुगमनपछि पत्रकारसँग कुराकानी गर्दै आइजिपी पौडेलले नाकामा आवतजावत सहज बनाउने, सीमा अपराध नियन्त्रण गर्नेलगायतका कार्य सशस्त्र प्रहरीबाट भइरहेको बताउनुभयो । उहाँले नाकामा भइरहेको सुरक्षा चेकजाँचको सन्दर्भमा जानकारी लिन अनुगमन गरेको उल्लेख गर्नुभयो । उहाँले सिमानामा डेडिकेटेड फोर्सका रूपमा सशस्त्र प्रहरी खटिएको जानकारी दिनुभयो । उहाँले सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीको ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो । सीमामा प्रहरीको खटनपटनलाई व्यवस्थित बनाउने सवालमा पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)