टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
rajdhanidaily.com · Wed Aug 26 05:17:23 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । ‘टिमुरेमा रहेको बीओपी सुरक्षित छ, तर ड्यिुटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने ।
Read full story at source (rajdhanidaily.com)