रसुवा बाढी : प्रभावित क्षेत्रमा हेलिकप्टरसहित सुरक्षा संयन्त्र परिचालन
nepalnews.com · Wed Aug 26 05:15:54 GMT 2026

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्र परिचालन गरिएको छ। बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
Read full story at source (nepalnews.com)