भोटेकोशी बाढीः उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न रास्वपाको आह्वान
clickmandu.com · Wed Aug 26 05:37:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई तत्काल उच्च सतर्कताका साथ परिचालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने रास्वपाको जोड छ ।
Read full story at source (clickmandu.com)