रसुवा बाढी: उद्धार र राहतमा केन्द्रित हुन सरकारलाई गगन थापाको आह्वान
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको भीषण बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै कांग्रेस सभापति गगनकुमार थापाले गहिरो चिन्ता व्यक्त गरेका छन्।
कांग्रेस सभापति थापाले एक सन्देश जारी गर्दै भोटेकोशी र त्रिशूली नदीका तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन विशेष आग्रह गरेका छन्। उनले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न र सबै तहका सरकारबीच समन्वय गरी उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा केन्द्रित हुन जोडदार अनुरोध गरेका छन्।
Read full story at source (hamrakura.com)