त्रिशूली आसपासका बस्तीमा बाढीको जोखिम बढ्यो, उद्धारमा जुट्न जनार्दन शर्माको अपिल
ratopati.com · Wed Aug 26 05:58:23 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले रसुवा हुँदै आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका बस्तीमा गम्भीर जोखिम बढेको भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत त्रिशूली नदी आसपासका कतिपय तटीय क्षेत्रमा कटान तथा बाढीको जोखिम बढेको र सरकारले समेत सतर्कता सूचना जारी गरिसकेको उल्लेख गरेका छन्।
उनले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। विपद्को संवेदनशील अवस्थामा मानव जीवनको रक्षा र द्रुत उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
Read full story at source (ratopati.com)