त्रिशूली नदीमा बाढी : फुर्के केन्द्रमा जनसतहले नाघ्यो सतर्कता तह
ratopati.com · Wed Aug 26 06:03:43 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जनसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ र यो अझै बढ्दो क्रममा रहेको छ।
नदीमा जलसतह लगातार बढेपछि महाशाखाले नदी आसपासका डुबान जोखिम क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा सो करिडोर भएर यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Read full story at source (ratopati.com)