त्रिशूली उर्लिएपछि उपत्यकाका नाकामा कडाइ, काठमाडौँबाट बाहिरिने सवारी रोकिए
ratopati.com · Wed Aug 26 06:04:20 GMT 2026

काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई रोक लगाइएको छ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा क्षति पुग्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई उपत्यकाभित्रै रोकेको छ।
Read full story at source (ratopati.com)