उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न प्रचण्डको आग्रह
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति गहिरो चिन्ता व्यक्त गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम उच्च बन्न सक्ने उल्लेख गरेका छन्। नागरिकहरूलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न उनले आग्रह गरेका छन्।
Read full story at source (hamrakura.com)