अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको आक्रमण सुरु
kendrabindu.com · Sun Jul 12 01:21:15 GMT 2026

काठमाडौं । अमेरिकी सेनाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण सुरु गरेको घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि खुला रूपमा आक्रमण गरेको आरोप लगाएपछि नयाँ आक्रमण सुरु गरिएको जनाएको छ।
सेन्टकमका अनुसार आक्रमणपछि जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको छ। त्यसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन भने एक चालक दलका सदस्य अझै बेपत्ता छन्।
Read full story at source (kendrabindu.com)