बाढीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह
nepalnews.com · Wed Aug 26 06:06:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ।
रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढीको जोखिम रहेको भन्दै रास्वपाले बाढी पूर्वानुमान शाखाको सुझावअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
Read full story at source (nepalnews.com)