अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
nepalnews.com · Wed Aug 26 06:18:30 GMT 2026

ओटावा । अमेरिका–क्यानाडा व्यापार विवाद थप चर्किएको छ। क्यानाडाले अमेरिकी सामानमा १५ देखि ५० प्रतिशतसम्म प्रतिशुल्क लगाउने घोषणा गरेको छ। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाली सामानमा उच्च शुल्क लगाएपछि चालिएको हो।
क्यानाडाको प्रतिशुल्क सेप्टेम्बर ८ देखि लागू हुनेछ। अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनका अनुसार अमेरिकी शुल्कअनुसार १५, २५ र ५० प्रतिशतका दरमा प्रतिशुल्क लगाइनेछ। यसबाट इस्पात, आल्मुनियम, दुग्धजन्य पदार्थ, माछा, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण प्रभावित हुनेछन्। क्यानाडाले व्यापार विवादबाट प्रभावित कम्पनी र कामदारका लागि पाँच अर्ब ४० करोड अमेरिकी डलरको सहायता प्याकेज समेत घोषणा गरेको छ।
Read full story at source (nepalnews.com)