फुटबल प्रशिक्षक क्लोप र जर्मनीबीच ‘सम्झौता’
kendrabindu.com · Sun Jul 12 01:28:41 GMT 2026
पेरिस । जर्मन फुटबल महासंघ (डीएफबी) ले जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न योर्गन क्लोपसँग सहमति नजिक पुगेको शनिबार जनाएको छ । ५९ वर्षे क्लोप हाल रेडबुल ग्रुपसँग सहकार्य गरिरहेका छन् । डीएफबीले रेडबुल ग्रुपसँग स्वीकृति लिन बाँकी छ ।
‘डीएफबीका अध्यक्ष बर्न्ड नेउन्ड्रोफ र उपाध्यक्ष हान्स जोचिम वाट्जकेले जर्मनीको राष्ट्रिय फुटबल प्रशिक्षकमा नियुक्त गर्ने विषयमा योर्गन क्लोपसँग शुक्रबार न्युयोर्कमा विस्तृत छलफल गरेका छन्,’ डीएफबीको प्रेस विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (kendrabindu.com)