बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड, प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक
kalakarmi.com · Wed Aug 26 06:19:21 GMT 2026

काठमाडौं– चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ । बाढीको बहाव बढ्दै जाँदा नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले तत्कालका लागि सवारी आवागमनमा कडाइ गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै धादिङ, रसुवा र चितवनतर्फ बाहिरिन लागेका सवारीसाधनलाई काठमाडौंमै रोकेको जनाएको छ । सम्भावित बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)