भोटेकोशी बाढी : उद्धार र राहतमा जुट्न प्रचण्ड, रवि र गगनको अपिल
nepalviews.com · Wed Aug 26 06:17:11 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उच्च सतर्कता अपनाउन तथा उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।
प्रचण्डले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
Read full story at source (nepalviews.com)