रसुवामा बाढी आउनुअघि तिब्बतमा गएको थियो भूकम्प, हिमताल फुटेको अनुमान
clickmandu.com · Wed Aug 26 06:30:02 GMT 2026

काठमाडौं । रसुवामा भीषण बाढी आउनु अघि चीनको तिब्बतमा भूकम्प गएको पाइएको छ । नेपाली समय अनुसार बुधबार विहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४ दशमलव ४ रेक्टर स्केलको भुइँचालो गएको थियो ।
नेपालको सीमाबाट २९ किलोमिटर उत्तरमा रहेको तिब्बतको रिकाजेडिकूमा केन्द्रबिन्दु बनाएर भूकम्प मापन भएको थियो । सम्भवतः भुइँचालोपछि कुनै ठूलो हिमताल फुटेर आकस्मिक रुपमा बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।
Read full story at source (clickmandu.com)