रसुवा बाढी: प्रभावित क्षेत्रमा उद्धार र राहत युद्धस्तरमा अघि बढाउन डा. कोइरालाको आग्रह
reportersnepal.com · Wed Aug 26 06:25:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्को समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्।
रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै डा. कोइरालाले संकटमा परेका नागरिकको सहयोगका लागि पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई तत्काल उद्धारमा जुट्न आग्रह गरेका छन्। ‘रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु। संकटमा परेका नागरिकको सारथी बन्न पार्टीका सम्पूर्ण साथीहरू तुरुन्तै उद्धारमा जुट्न आग्रह गर्दछु,’ उनले भनेका छन् ।
Read full story at source (reportersnepal.com)