विश्वकप खेलेर फर्किएका दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन
shilapatra.com · Sun Jul 12 01:41:00 GMT 2026
दक्षिण अफ्रिकाको फुटबल टोलीका मिडफिल्डर जाडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको टोलीबाट खेलेका एडम्सको स्वदेश फर्किएको केही दिनमै निधन भएको हो ।
उनले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीबाट समूह चरणका तीनवटै खेल खेलका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन । २५ वर्षीय एडम्सले समूह ‘ए’ अन्तर्गत मेक्सिको र चेक गणतन्त्रविरुद्धका खेलहरूमा सुरुआती ११ मा परेर खेलेका थिए भने दक्षिण कोरियाविरुद्धको १–० को जितमा उनी सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । सोही जितसँगै दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको थियो । तर, अन्तिम–२३ मा दक्षिण अफ्रिका क्यानडासँग पराजित भएर घर फर्किएको थियो ।
Read full story at source (shilapatra.com)