प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन, काठमाडौँका हब अस्पताल उच्च सतर्क अवस्थामा
ratopati.com · Wed Aug 26 06:58:18 GMT 2026

काठमाडौँ । भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएको छ।
मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई एक्टिभेट गरी उच्चस्तरीय छलफल र अस्पतालहरूसँगको समन्वयलाई तीव्रता दिइएको छ। बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्थानीय तथा केन्द्रीय स्तरका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ।
Read full story at source (ratopati.com)