दलित युवकमाथि दुर्व्यवहार, छानविन गर्न समिति गठन
nepalnews.com · Wed Aug 26 06:56:04 GMT 2026

जनकपुरधाम । सर्लाहीमा एक जना दलित युवकमाथि भएको अमानवीय व्यवहारको घटना छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। एीसपी वेदप्रसाद गौत्तमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार सर्लाहीको कविलासी गाँउपालिका वडा नम्बर ४ मा दलित समुदायका एक युवकलाई केही मानिसहरुले अमानवीय व्यवहार एवं निर्घात कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले समिति गठन गरेको हो। छानविनबाट प्राप्त प्रतिवेदन अनुसार प्रचलित कानुन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ। प्रहरीले प्रसारित भिडियोको समबन्धमा सूचना दिन सर्वसधारणलाई अपिल गरेको छ।
Read full story at source (nepalnews.com)