यातायात मजदुरहरूको खोजी तथा उद्धार गर्न सरकारसँग माग
onlinekhabar.com · Wed Aug 26 06:52:05 GMT 2026

१० भदौ, काठमाडौं । रसुवा बाढीमा परेका यातायात मजदुरहरुको उद्धार तथा खोजी गरिदिन सरकारसँग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आग्रह गरेको छ ।
चीनको केरुङ नाकाबाट सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनरका चालक र सहचालिकहरु टिमुरे भन्सार आसपासका क्षेत्रमा अलपत्र परेको संगठनले जनाएको छ । रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पहिरेबेंसी, खाल्टे तथा नुवाकोटका विभिन्न क्षेत्रबाट यातायात मजदुरहरुको खोजी तथा उद्धार गर्नुपर्ने बक्तव्यमा उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)