सामुदायिक रेडियोको भूमिका अनुकरणीयः राष्ट्रपति पौडेल
ajakoartha.com · Wed Aug 26 06:51:00 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा मात्र होइन, विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको धारणा व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवम् सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग बुधबार शीतल निवासमा भएको भेटघाटमा सो धारणा व्यक्त गर्नुभएको हो । “नेपालको दूरदराजसम्म सामुदायिक रेडियोले समुदायको भाषा र संस्कृति संरक्षण एवम् नागरिकलाई सुसूचित गराउन खेलेको भूमिकाको म प्रशंसा गर्न चाहन्छु”, उनले भने ।
Read full story at source (ajakoartha.com)