टिमुरेमा रहेका ९ वाणिज्य बैंकको शाखा क्षतिग्रस्त, कर्मचारीको अवस्था बुझ्दै बैंकहरु
clickmandu.com · Wed Aug 26 06:57:42 GMT 2026

काठमाठौं । रसुवा बाढीले टिमुरेमा रहेका ९ वटा बैंकका शाखा कार्यालय क्षतिग्रस्त भएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला टिमुरेमा रहेका ९ वटा शाखामा क्षति पुगेकार र कर्मचारीहरु केही सम्पर्कमा आउँदै गरेको र केहीसँग सम्पर्क हुन नसेकेको बताउँछन् ।
‘टिमुरेमा ९ वटा बैंकको शाखा रहेको जानकारी आएको छ । शाखाका कर्मचारीहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । केही कर्मचारी सम्पर्कमा आउन लागेका छन् भने केहीसँग सम्पर्क हुन सकेको छैन,’ अध्यक्ष कोइरालाले क्लिकमान्डुसँग भने, ‘कर्मचारीको अवस्था बारे बुझ्ने प्रयास गरिरहेका छौं । टिमुरे बजार पुर्ण रुपमा ध्वस्त भएको जानकारी आएको छ ।’
Read full story at source (clickmandu.com)