सुकुम्बासीको नियति : खोला किनारबाट लखेटिए, होल्डिङ सेन्टरमा डुबे
annapurnapost.com · Sun Jul 12 02:14:10 GMT 2026

काठमाडौं : दिनभरिको थकाइले मस्त निदाइरहेकी रस्मिला उप्रेतीको ओछ्यान एक्कासि चिसो भयो। आँखा खोल्दा नखोल्दै टेन्टभित्र पानी नाच्न थाल्यो।
‘चिसोले ब्युँझिँदा त आधा शरीर पानीमा डुबिसकेको रहेछ,’ थापाथली सुकुम्बासी बस्तीबाट उठाएर सरकारले राखेको कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेकी उप्रेतीले शनिबार भनिन्, ‘चारैतिर पानी नै पानी थियो। त्यत्रो डुबान हुँदा पनि राति उद्धार टोली आइपुगेन। हामीले आफैं रोइकराई गर्दै, बालबच्चा च्यापेर सुरक्षित स्थानतिर भाग्यौं।’
Read full story at source (annapurnapost.com)