नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
ratopati.com · Wed Aug 26 07:07:59 GMT 2026

बुटवल । रसुवामा आएको अचानकको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई आवश्यक तयारीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
Read full story at source (ratopati.com)