संकट समाधानका लागि सरकार र प्रतिपक्ष एकजुट, उद्धारमा आठ हेलिकप्टर परिचालन
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र साहले तत्काल चासो व्यक्त गर्दै गरेको पहलपछि सत्तापक्ष र प्रतिपक्षबीच यो महत्त्वपूर्ण सहमति जुटेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस कठिन घडीमा जनताको जिउधनको रक्षा गर्नु नै राज्यको पहिलो प्राथमिकता रहेको बताए।
Read full story at source (hamrakura.com)