धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी
nagariknews.nagariknetwork.com · Sun Jul 12 02:25:26 GMT 2026

बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिमा आएको कमीका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ।
नगरपालिकाले हालै सञ्चालन गरेको स्वास्थ्य परीक्षण शिविरमा सहभागी प्रत्येक तीन जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको नसर्ने रोग देखिएको हो। नगरपालिकाको स्वास्थ्य शाखाले १० वटै वडामा सञ्चालन गरेको नसर्ने रोग (एनसिडी) स्क्रिनिङ शिविरमा तीन हजार ३१६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये एक हजार १२ जनामा उच्च रक्तचाप, मोटोपना, मधुमेह वा मिर्गौलासम्बन्धी समस्या पुष्टि भएको जनस्वास्थ्य अधिकृत मानबहादुर चन्दले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)