स्वास्थ्य मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, स्वास्थ्य सेवा र उद्धारका लागि १११५ हेल्पलाइन खुला
swasthyakhabar.com · Wed Aug 26 07:14:03 GMT 2026

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढी लगायतका सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। मन्त्रालयले विपद् प्रभावित क्षेत्रका नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापन पुर्याउन बहुनिकाय समन्वय तीव्र पारेको छ।
आपत्कालीन अवस्थासँग जुध्न मन्त्रालयले रेडक्रस, लायन्स क्लब, नेपाल स्काउटका साथै बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँका संघीय अस्पतालहरू र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय गरिरहेको छ। काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी चुस्त पारिएको छ। साथै, घाइते तथा बिरामीको तत्काल ओसारपसारका लागि एम्बुलेन्स र आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई ‘स्ट्यान्डबाइ’ राखिएको छ।
Read full story at source (swasthyakhabar.com)