बाढी पीडित सुकुमवासी भन्छन्- किनारमा असुरक्षित छौं भन्ने थाहा हुने प्रधानमन्त्रीलाई होल्डिङ सेन्टरमा सुरक्षित छैनौं भन्ने किन थाहा भएन
kendrabindu.com · Sun Jul 12 02:28:31 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ११ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्बिर सेयर गर्दै खोला किनारमा सुकुमवासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नुपरेको स्टाटस लेखे।
उनले लेखेका थिए, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ? हरेक वर्षको बाढीका कारण काठमाडौंका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको, अनि सरकारले उद्धार गर्नुपरेको दृश्य ! यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।’
Read full story at source (kendrabindu.com)