टिमुरेमा भोटेकोसीको बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति
bishowkhabar.com · Wed Aug 26 07:27:42 GMT 2026

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भोटेकोसीको भीषण बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ ।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा कार्यालयमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर सञ्चार सेवा अवरुद्ध रहेकाले कर्मचारी तथा शाखा कार्यालयसँग सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको संघले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)