बझाङ जिप दुर्घटनामा गम्भीर ६ जनालाई थप उपचारको लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइयो
kendrabindu.com · Sun Jul 12 02:43:25 GMT 2026

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
शनिबार दिउँसो करिब ४ बजे बुंगल नगरपालिका–विजगडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च २६४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवार १६ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका थिए।
Read full story at source (kendrabindu.com)