बाढीको वितण्डा : नदी किनारमा नजान महाशाखाको अपिल
ratopati.com · Wed Aug 26 07:30:59 GMT 2026

काठमाडौँ । रसुवागढीबाट आएको बाढी मलेखु आइपुगेको छ। बाढीले फुक्रेखोलामा रहेको जलमापन केन्द्र र त्यहाँको झोलुङ्गे पुलसमेत बगाएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
‘करिब ११ बजेर ५० मिनेटतिर रसुवागढीको बाढी मलेखु आइपुगेको छ,’ बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौरभध्वज जोशीले भने, ‘फुक्रेखोलामा रहेको हाम्रो स्टेसनले १०.८ मिटर मापन गरे लगत्तै उक्त स्टेसन र झोलुङ्गे पुलसमेत बाढीले बगाएको अवस्था छ।’ उनले बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको जानकारी दिए।
Read full story at source (ratopati.com)