लुइजियानामा १ खर्ब डलरको विशाल प्रक्षेपण केन्द्र बनाउँदैछ मस्कको स्पेसएक्स
barnanmedia.com · Wed Aug 26 07:32:00 GMT 2026

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले अमेरिकाको दक्षिणी राज्य लुइजियानामा अहिलेसम्मकै ठूलो रकेट प्रक्षेपण केन्द्र निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार करिब १ खर्ब डलर लगानी हुने परियोजनाको निर्माण सन् २०२७ देखि सुरु हुनेछ । स्टारबेस, लुइजियाना नाम दिइएको यो केन्द्र करिब १ लाख २५ हजार एकड क्षेत्रमा फैलिनेछ ।
नयाँ केन्द्रले टेक्सासस्थित स्पेसएक्सको मुख्य आधार र फ्लोरिडाका अन्य प्रक्षेपण केन्द्रबाहेक कम्पनीको अन्तरिक्ष अभियानलाई थप विस्तार गर्ने बताइएको छ । स्पेसएक्सका अनुसार नयाँ केन्द्रबाट हरेक वर्ष हजारौँ स्टारसिप उडान सञ्चालन गर्ने लक्ष्य छ । ती अभियानमा पृथ्वीको कक्षसम्मको उडानदेखि चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा परसम्मका मिसन समावेश हुनेछन् । कम्पनीले लुइजियानास्थित नयाँ केन्द्रबाट पहिलो स्टारसिप प्रक्षेपण सन् २०२९ मा गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (barnanmedia.com)