नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक
ratopati.com · Wed Aug 26 07:45:21 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएको छ । रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएकाले उपलब्ध सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।
Read full story at source (ratopati.com)