रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने
aarthiknews.com

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै, प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्ट पनि पठाइने भएको छ ।
Read full story at source (aarthiknews.com)