खोज-उद्धार र राहतमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
nepalpress.com · Wed Aug 26 07:47:31 GMT 2026

काठमाडौं । सरकारले उद्धार, राहत र खोजी कार्यमा खटिने निजी क्षेत्रका हेलिकप्टरलाई पूर्वस्वीकृति (अनुमति) लिनु नपर्ने निर्णय गरेको छ । रसुवामा बाढीका कारण उत्पन्न संकटलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।
विपत्तिको समयमा गृह मन्त्रालय तथा अन्य निकायबाट अनुमति लिँदा हुने प्रशासनिक ढिलाइलाई हटाउन र उद्धार कार्यलाई तीव्र बनाउन यस्तो व्यवस्था गरिएको बताइएको छ । निजी हेलिकप्टरहरूले काठमाडौं टावरबाटै सोझै उडान अनुमति लिएर बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिन पाउनेछन् ।
Read full story at source (nepalpress.com)