राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान
reportersnepal.com · Wed Aug 26 07:46:12 GMT 2026

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु ।”
Read full story at source (reportersnepal.com)