साउदी आणविक सम्झौता कङ्ग्रेसमा
barnanmedia.com · Wed Aug 26 07:50:44 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको ३० वर्षे नागरिक आणविक सहयोग सम्झौता अमेरिकी कङ्ग्रेसमा समीक्षाका लागि पठाउनुभएको छ । सम्झौता साउदी अरेबियाले इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने सर्तसँग जोडिएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
अमेरिकी ऊर्जामन्त्री क्रिस राइट र साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सलमानले हस्ताक्षर गर्नुभएको सम्झौताले साउदी आणविक पूर्वाधार विकासमा अमेरिकी कम्पनीलाई प्रमुख भूमिका दिनेछ । सम्झौताअन्तर्गत अमेरिकी प्रविधिमा आधारित एपी१००० आणविक रिएक्टर निर्माणमा सहयोग पुग्नेछ । साउदी अरेबियामा युरेनियम संवर्धनको सम्भावना र अप्रसारसम्बन्धी व्यवस्थालाई लिएर अमेरिकी कङ्ग्रेसमा बहस हुने अपेक्षा गरिएको छ ।
Read full story at source (barnanmedia.com)