भानु साहित्य उद्यानलाई २४ करोड बजेट
nepalnews.com · Sun Jul 12 03:08:44 GMT 2026

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणकार्य अगाडि बढेको छ ।
सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको छ । पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको छ । उद्यानभित्र अत्याधुनिक ‘भानु भवन’, आदिकविको पूर्णकदको सालिक, सप्तधाम, साहित्य ग्राम, प्रज्ञा भवन तथा प्रविधिमैत्री टिकट काउन्टरलगायत बहुआयामिक पूर्वाधार निर्माण गरिने गुरुयोजनाअनुसार निर्माणकार्य भइरहेको छ ।
Read full story at source (nepalnews.com)