काठमाडौं उपत्यकासहित आज २३ जिल्लामा बाढीको जोखिम
kendrabindu.com · Sun Jul 12 03:17:18 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका २३ जिल्ला र त्यसआसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सुन्तला रङ दिँदै आज बाढीको उच्च जोखिम रहेको जनाएको छ। यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
Read full story at source (kendrabindu.com)