भोटेकोशी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
nepalnews.com · Wed Aug 26 08:07:56 GMT 2026

नुवाकोट । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो। शवको पहिचान भने भएको छैन।
बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ। उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ। बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।
Read full story at source (nepalnews.com)